मुटु हाम्रो शरिरको महत्वपुर्ण अंग हो । यसले हाम्रो शरिरमा रक्तप्रवाह गर्छ । जब रक्तनली भित्र विभिन्न कारणले गर्दा या बोसो जमेर रक्तनली साँघुरो हुन्छ । "/>

हृदयघातको खतरा बढ्दैछ, कसरी गर्ने मुटुको रक्षा ?

हृदयघातको खतरा बढ्दैछ, कसरी गर्ने मुटुको रक्षा ?

केन्द्रबिन्दु
0
Shares

मुटु हाम्रो शरिरको महत्वपुर्ण अंग हो । यसले हाम्रो शरिरमा रक्तप्रवाह गर्छ । जब रक्तनली भित्र विभिन्न कारणले गर्दा या बोसो जमेर रक्तनली साँघुरो हुन्छ । तब मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुको मांसपेसीमा प्रयाप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन ।

मुटुमा पुरै अक्सिजनको आपुर्ति नभएपछि मुटुको मांसपेसी मर्छ । र मुटु नियमित रक्तसञ्चार गर्न छोड्छ । यस्तो अवस्थालाई हृदयघात भनिन्छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१५ को तथ्यांक अनुसार विश्वमा वार्षिक करिब १ करोड ७७ लाख मानिसहरु मुटुको रोगबाट मर्ने गर्छन् । यो मानिसको मृत्युको ३१ प्रतिशत हिस्सा हो ।

पहिले ५० वर्ष भन्दा माथिकोलाई मात्र हृदयघात हुन्थ्यो भने आजको दिनमा बद्लिदो जीवनशैलीको कारणले गर्दा कम उमेरको मानिस पनि यसको शिकार बन्दैछन् । यो रोगको मुख्य कारण तनाव नै हो । तनावबाट मुक्ति पाउनको लागि मानिसहरु धुम्रपान, मद्यपान र निद्रा लाग्ने औषधीको सेवन गर्ने गर्छन् ।

जसले गर्दा विस्तारै मुटुको बिरामी हुुन थाल्छ । यदि तपाई चाहनुहुन्छ यो रोग नलागोस्, र यो रोग लाग्नबाट बच्नको लागि भने पहिले देखि नै सर्तकता अपनाउनुपर्छ । यसको लागि सबभन्दा पहिले मुटु स्वस्थ राख्नु नै हो ।

लक्षण
छाती कस्सिएको अनुभव हुनुः– यदि तपाईको आर्टरी ब्लक छ भने छातीमा दबाव महसुस हुन थाल्छ र दुखाईको साथै कस्सिएको अनुभव हुन्छ ।

वाक वाक लाग्नु, मुटु पोल्नु र पेट दुख्नुः– मुटु सम्बन्धी कुनै पनि गम्भीर रोग लाग्नु भन्दा पहिला वाक–वाक लाग्छ । मुटु पोल्ने, पेट दुख्ने हुनुको साथै पाचन प्रक्रियामा समस्या आउँछ ।

हात दुख्नुः– धेरै जसो मुटुको रोगीको छाती र देब्रे काधमा दुख्छ । यो दुखाई विस्तारै हात र तल तिर सर्दै जान थाल्छ ।

धेरै दिन सम्म कफ निस्कनुः– यदि तपाईलाई धेरै दिन देखी रुघा खोकी लागिराखेको छ र थुक सेतो या गुलाबी रंगको आइरहेको छ भने यो हृदयघातको एक लक्षण हुन सक्छ ।
सास फेर्नु गाह्रो हुनुः– सास फेर्न गाह्रो हुनु या कम सास आउनु हृदयघातको मुख्य लक्षण हो ।

पसिना आउनुः– सामान्य भन्दा धेरै पसिना आउँछ खासगरी शारीरिक परिश्रम नगरिकन नै पसिना आउँछ भने तपाईलाई चेतावनी हुन सक्छ ।

खुट्टा सुन्निनुः– खुट्टा, गोली गाँठो, पैताला सुन्निएको छ भने सचेत हुनुपर्छ । यसको मतलव मुटुमा राम्रोसँग रक्त संचार नभएको भन्ने बुझिन्छ ।

रिगंटा लाग्नुः– पटक पटक रिगंटा आउनु, टाउको घुम्नु, बेहोस हुनु र धेरै थकान हुनु पनि हृदयघातको लक्षण हो ।

हृदयघातबाट कसरी बच्न सकिन्छ ?
डाक्टरहरुको अनुसार हृदयघातबाट बच्नको लागि तनावबाट बच्नु जरुरी हुन्छ । नियमित व्यायाम गरेर पनि मुटुको हेरचाह गर्न सकिन्छ । मुटु सम्बन्धी कुनै पनि व्यायाम गर्नको लागि डाक्टरको सल्लाह लिन जरुरी हुन्छ ।

मुटुको स्वास्थ्यका लागि अक्सिजन प्रवाह सहि तरिकाले हुनुपर्छ । त्यसको लागि मुटुको भल्भ स्वस्थ र खुल्ला हुनु जरुरी हुन्छ । गहिरो सास लिँदा छाती फुलिन्छ जसबाट मुटुको भरपुर अक्सिजन मिल्छ ।

हृदयघातबाट बच्नको लागि हामीले खानपान र जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । त्यसको साथै खानामा हरियो सागसब्जी र फलफुलको मात्रा बढाउनुपर्छ । सुगर र ब्लड प्रेशर छ भने नियमित औषधीको सेवन गर्नुपर्छ । नियमित चेकअप गर्ने ।

 

Logo