यसकारण राख्नुपर्छ घरमा ‘फस्ट एड बक्स’

यसकारण राख्नुपर्छ घरमा ‘फस्ट एड बक्स’

केन्द्रबिन्दु
0
Shares

हामीलाई कुनै पनि बेला चोटपटक लाग्न सक्छ । चोट ठूलो हो वा सानो । चोट लाग्नासाथ प्राथमिक उपचार जरुरी हुन्छ । त्यसका लागि नजिकै मेडिकल, क्लिनिक वा अस्पताल नहुन सक्छ । त्यसकारण घरमा नै ‘फस्ट एड बक्स’ राख्नु महत्वपूर्ण हुन्छ ।

यदि तपाईको फस्ट एड बक्स सही छ भने, तपाई सानो तिनो स्वास्थ्य समस्यालाई सजिलै सामना गर्न सक्नुहुन्छ । हामी सबै आवश्यकता अनुसार घरमा सबै चीजहरु राख्छौं, तर फस्ट एड बक्सको विषयमा भने लापरवाहीले राख्ने गर्छौ ।

किन जरुरी छ फस्ट एक बक्स

हाम्रो दैनिक जीवनमा साना तिना समस्या जस्तै चोट, मर्काइ, ज्वरो र अन्य संक्रमणहरु सबैको घरमा हुने गर्दछ । विशेष जहाँ बच्चाहरु हुन्छन्, त्यहाँ फस्ट एड बक्स धेरै महत्वपूर्ण छ । प्रायः कुनै पनि समस्या भएमा चिकित्सक तुरुन्त उपलब्ध हुँदैनन्, यस्तो अवस्थामा यदी फस्ट एड बक्स घरमा तयार छ भने त्यहाँ केही राहत हुन सक्छ ।

यस्तो होस तपाईको फस्ट एड बक्स

फस्ट एड बक्समा एउटा ब्यान्डेज धेरै महत्वपूर्ण छ । यसमा छोटो या लामो टासिने ब्यान्डेज हुन जरुरी छ । यस बाहेक यसमा कीटाणुरहित जाली भएको ब्यान्डेज, डाक्टर टेप र कपास पनि राख्नुहोस् । पट्टी वा ब्यान्डेजको तुलनामा कपडा आदिले घाउमा ब्याक्टेरिया संक्रमण गर्न सक्छ । यसमा एन्टिसेप्टिक क्रीमको साथ लोशन पनि राख्न जरुरी छ । एउटा राम्रो फस्ट एड बक्स थर्मामीटर बिना अपूर्ण हुन्छ ।

पेनकिलर

बेलाबखत मांसपेशी दुखाई, खुट्टामा दुखाई, कम्मर दुखाई, टाउको दुखाई भइरहन्छ । यदी दुखाई निरन्तर छ भने चिकित्सकको सहयोग लिन आवश्यक छ । तर तत्काल राहतको लागि पेनकिलर लिन सकिन्छ । यसले दुखाई कम गर्छ । फस्ट एड बक्समा क्रोसिन, कम्बिफ्लेम आदि अवस्य राख्नुहोला । कुन पेनकिलर ठिक छ, यसको लागि चिकित्सकको सल्लाह लिनुहोस् । आकस्मिकमा एन्टि एलर्जी औषधीले केही राहत दिन्छ ।

फंगल औषधी

वर्षात मौसममा फंगल संक्रमण सामान्य हुने गर्छ । गर्मी, सुर्यको प्रकाश, पसीना, माटो र चिस्यानको कारणले शरीरमा फंगल संक्रमण हुने गर्छ । अनुहार, हात, खुट्टा र शरीरको अन्य भाग समेत सजिलै यसको चपेटमा आउन सक्छ । त्यसैले फंगल संक्रमणबाट बच्न जेल, क्रीम, चक्की, पाउडर जस्ता सामान तपाईको फस्ट एड बक्समा हुन जरुरी छ । कुन औषधी सबै भन्दा प्रभावकारी छ, यसको लागि चिकित्सकसँग परामर्श लिनुहोस् ।

मसल्स क्रीम र स्प्रे

चोट भित्री र बाहिरी दुवै प्रकारको हुने गर्छ, आन्तरिक चोटको उपचारको लागि मसल्स क्रीम वा स्प्रे राम्रो हुन्छ । यसका साथ हिटिङ प्याडले पनि फाइदा गर्छ ।

Logo