अल्जाइमर एक मानसिक रोग हो । यो रोगले च्यापेपछि बिरामी ठिकसँग सोच्न नसक्ने , बुझ्न नसक्ने, बोल्न नसक्ने, काम गर्न मन नलाग्ने हुन्छ । "/>

के हो अल्जाइमर ? यो रोगबाट कसरी बच्ने ?

के हो अल्जाइमर ? यो रोगबाट कसरी बच्ने ?

केन्द्रबिन्दु
0
Shares

अल्जाइमर एक मानसिक रोग हो । यो रोगले च्यापेपछि बिरामी ठिकसँग सोच्न नसक्ने , बुझ्न नसक्ने, बोल्न नसक्ने, काम गर्न मन नलाग्ने हुन्छ । यसको सुरुवात मस्तिष्कको स्मरण शक्तिको नियन्त्रण गर्ने भागबाट हुन्छ, र जब मस्तिष्कको दोस्रो हिस्सामा फैंलदैं जान्छ, तब मानिसको भाव र व्यवहार परिवर्तन हुन थाल्छ ।

अल्जाइमर भएको सुरुमा थाहा पाउन मुस्किल हुन्छ । बिरामीले थाहा नै नपाईकन यो रोगले दिमागलाई प्रभावित गरिदिन्छ । बिरामीको सामाजिक दायरा संकुचित हुँदै जान्छ ।

अल्जाइमर हुनुको कारण अझैसम्म स्पष्ट हुन सकेको छैन् । अल्जाइमरबाट बच्नको लागि शरिरको तौल नियन्त्रण गर्नुपर्छ । धुम्रपान र मद्यपानको सेवन नगर्नु नै राम्रो हुन्छ । यसको साथै ब्लड प्रेशर र कोलेस्ट्रोल नियन्त्रण गरेर पनि यो रोगबाट बच्न सकिन्छ । र टाउकोमा चोट लाग्नबाट बच्नुपर्छ ।

अल्जाइमर कम गर्नको लागि के गर्ने ?
अल्जाइमर नियन्त्रण गर्नको लागि बौद्धिक गतिविधिमा संलग्न हुनुपर्नेछ । मानसिक रुप मै आफुलाई व्यस्त राखेर यो रोगबाट बच्न सकिन्छ । पढाई, लेखाई, खेलकुद जस्तै दिमागी शक्ति लाग्ने गतिविधिसँगैं सामाजिक क्रियाकलापमा सक्रिय हुनुपर्छ । बिहानै हिड्ने र हल्का व्यायाम गर्नुपर्छ ।

खानपानबाट स्मरण शक्ति बढाउनुहोस्ः
बदाम र ड्राई फ्रिुट्स खाँदा दिमाग तेज हुन्छ र स्मरण शक्ति पनि बढ्छ । काउलीको सेवनले दिमाग तेज हुन्छ । साथै हड्डी पनि मजबुत बनाउँछ । उमेर बढेसँगै मानिसहरुले आफ्नो काम पनि आफै गर्ने गरेमा अल्जाईमर हुने खतरा कम हुन्छ र स्मरण शक्ति पनि बढ्छ ।

अल्जाइमरको दौरान दिमागमा बढ्ने बीटा–एमिलाइड नामक प्रोटिनको प्रभाव कम गर्न ग्रिन टीको सेवन राम्रो हुन्छ । हरियो सागसब्जी, फलफुल, गेडागुडी, माछा, जैतुनको तेलको नियमित सेवनले अल्जाईमरसँग लड्न सक्ने क्षमता बढाँउछ ।

अल्जाइमरबाट बच्नको लागि यी खानेकुराबाट टाढा हुनुहोस्ः
अल्जाइमर भएको मानिसले तिल, सुकेको टमाटर, मख्खन, चीज, फ्राईड फूड, जंक फूड, रातो मासु, पेस्ट्रिज, फर्सी र मिठाईको सेवन गर्नु हुँदैंन् ।

योग र व्यायामले कम गर्छः
दैनिक डान्स, योगा र व्यायाम गरेमा अल्जाईमरको प्रभाव कम गर्न सकिन्छ । मेडिटेसन गर्दा अल्जाइमरको समस्याबाट छुटकारा पाउन सकिन्छ । स्मरण शक्ति बढाउनको लागि ‘सर्वागासन’ गर्नु राम्रो हुन्छ । दिमाग तेज गर्नको लागि र स्मरण शक्ति बढाउनको लागि ‘भुजुंगासन’ गर्दा राम्रो हुन्छ । एकाग्रता बढाउनको लागि ‘कपालभाती प्राणायाम’ गर्नुपर्छ ।

Logo