भान्छामा प्रत्येक खाना पकाउँदा बेसार प्रयोग हुने गर्छ । हामीले अहिले सम्म बेसारको फाइदा बारेमा सुनिरहेका छौं र प्रयोग पनि गरिरहेका छौं । "/>

कहिले प्रयोग नगर्ने बेसार ? जान्नु होस ७ बेफाईदा

कहिले प्रयोग नगर्ने बेसार ? जान्नु होस ७ बेफाईदा

केन्द्रबिन्दु
0
Shares

भान्छामा प्रत्येक खाना पकाउँदा बेसार प्रयोग हुने गर्छ । हामीले अहिले सम्म बेसारको फाइदा बारेमा सुनिरहेका छौं र प्रयोग पनि गरिरहेका छौं । तर यसको हानी नोकसानीको बारेमा हामी धेरैले सुनेका छैनौं ।

यदि साच्चै तपाईलाई बेसारको हानीबारे थाहा छैन भने यो अवश्य पढ्नुहोला ।

१. बेसार गर्मी प्रकृति हुन्छ । त्यसैले यो रुघाखोकी भगाउन औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । तर तपाईको शरीर गर्मी प्रकारको छ भने यसको प्रयोगमा सावधानी अपनाउनु पर्छ । विशेष त गर्मी मौसममा ।

२. जण्डिस भएमा, पित्ताशयको पत्थरी या पित्तको रुकावट हुँदा बेसार त्यति नै खतरनाक पनि हुन्छ जती बेसार फाइदाजनक छ ।

३. रगतको बिमारी र रक्तचापको खतरा भएका व्यक्तिहरुका लागि बेसार हानिकारक छ । यसले रगत क्लटिंग प्रकृयालाई कम गर्दछ ।

४. डायोवेटिज रोग भएकाहरुले बेसारको प्रयोग सावधानी पूर्वक गर्नुपर्छ । यसको अत्यधिक मात्रामा प्रयोग गर्नाले ब्लडमा सुगरको लेवल बढ्न सक्छ ।

५. गर्भवती महिलाहरुले बेसारको अत्याधिक प्रयोगबाट बच्नुपर्छ । सीमित मात्रामा यो फायदाजनक छ तर यदि यसको मात्रा बढ्यो भने गर्भपतनको जोखिम बढ्छ ।

६. बेसारले टेस्टोस्टेरोनको स्तर कम गराउँछ साथमा शुक्राणुहरुको संख्या घटाउँछ । त्यसैले यसलाई सीमित मात्रामा प्रयोग गर्नुहोस् ।

७. बेसारको अधिक सेवनले पेटको गर्मी, चक्कर आउने, वाकवाकी र पखाला जस्ता समस्या उत्पन्न गर्न सक्छ ।

 

Logo