हामी जे खान्छौं यसको पहिलो प्रभाव हाम्रो स्वास्थ्यलाई नै गर्छ । चाहे शाकाहारी खाना होस् या मांशाहारी । सबै मानिस आफु स्वस्थ्य रहन पौष्टिक र ताजा खाना नै रोज्ने गर्छौ । "/>

संसारकै पहिलो छनोट बन्यो शाकाहारी, ९४ प्रतिशतले बृद्धि

संसारकै पहिलो छनोट बन्यो शाकाहारी, ९४ प्रतिशतले बृद्धि

केन्द्रबिन्दु
0
Shares

हामी जे खान्छौं यसको पहिलो प्रभाव हाम्रो स्वास्थ्यलाई नै गर्छ । चाहे शाकाहारी खाना होस् या मांशाहारी । सबै मानिस आफु स्वस्थ्य रहन पौष्टिक र ताजा खाना नै रोज्ने गर्छौ । यहाँ अक्सर शाकाहारी र मांशाहारीमा कुन राम्रो भन्नेबारे बहस हुने गर्छ ।

यो बहस चलिरहँदा अहिले संसारभरी खाने र पिउनेमा यस प्रकारको परिवर्तन आएको छ कि मानिसहरु मांसाहारी भन्दा शाकाहारी खानालाई बढि जोड दिन थालेको पाइएको छ ।
अमेरिकामा मानिसहरुको शाकाहारी वा मांसाहारी खानाको छनौटमा एक अध्ययन गरिएको छ । रेस्टुरेन्ट परामर्श समूह ‘बाम व्हाइटमैन’ को पछिल्लो रिपोर्टमा वर्ष २०१८ को खाद्य प्रवृत्ति बारेमा बताइएको छ । अध्ययन विशेष गरी युवा पुस्ताको मनपर्ने र मन नपर्नेबारे समावेश गरिएको छ जसमा आश्चर्यजनक परिणामहरु आएको छ ।

नेस्लेको आधिकारिक वयान अनुसार यो पुष्टि भयो कि १९८० देखि युवा पुस्ता शाकाहारी खाना तर्फ बढिरहेका छन् । यही समयमा, शाकाहारी खानामा मानिसहरुको बढि मन भएको कारण स्वस्थ्य शाकाहारी फुडको माग ९४ प्रतिशतले बढेको छ । ग्रबहब, अर्को डाटा रिलिज संगठनले यो रिपोर्ट बाहिर ल्यायो कि २०१७ को तुलनामा २०१६ मा भेज तथा शाकाहारी उत्पादनको माग १९ प्रतिशतले बृद्धि भएको छ ।

अध्ययनको तथ्यः
३ वर्षमा अमेरिकाका मानिसहरुले भेजिटेरियन उत्पादनको विषयमा ६ सय भन्दा बढि समय गुगलमा खोजी गरेको छ । २०१४ मा जहाँ १ प्रतिशत ग्राहकहरु भेजिटेरियनको राम्रोबारे जान्दथे, त्यो तथ्याङ्क २०१७ मा पुग्दासम्म ६ प्रतिशतले बढ्यो । अमेरिकामा एक दशकको अवधीमा ३५० प्रतिशत भेजिटेरियन खानाको माग बढेको देखिन्छ ।

चीनको भण्टा बजारमा २०१५ देखि २०२० सम्ममा १७ प्रतिशतले बढेको देखिन्छ । हङकङमा, लगभग २२ प्रतिशत जनसंख्या शाकाहारी उत्पादनमा आकर्षित छन् । यस प्रकार, ३७.५ मिलियन विश्वकै जनसंख्या शाकाहारीमा निर्भर छ । र उनीहरुको तरकारी भनेकै शाकाहारी हुन्छ ।

डेरी सम्बन्धि उत्पादनहरुमा काम गर्ने विश्वव्यापी निकायका अनुसार, पछिल्ला वर्षहरुमा प्राकृतिक दुधको माग बढेको छ । यो वर्ष डेरीको बजार १ हजार १ सय ६० अर्ब रुपैयाँ छ । जबकी यो सन् २०१० मा ४ सय ३० अर्ब मात्र थियो ।

किन शाकाहारीहरु झन राम्रो ?
अक्सफोर्ड विश्वविद्यालयले ३० हजार युवामा गरेको एक अध्ययनले मांशाहारीभन्दा शाकाहारी बढि फिटनेस थिए । अमेरिकन जर्नल अफ क्लिनिकलको एक रिपोर्ट अनुसार १० हजार शाकाहारी र मांशाहारीहरुसँग सोधपुछ गर्दा शाकाहारी उत्पादन प्रयोगकर्ताहरुले कम समयमै आफ्नो तौल घटाएका थिए ।

लोमा लिण्डा विश्वविद्यालयले ७० हजार युवाहरुमा एक अध्ययन गरेको थियो । यो अध्ययनबाट ५० वर्षभन्दा माथिका जसले ६ वर्ष निरन्तर साकाहारी खाना खाएका थिए । मांशाहारीको तुलनामा उनीहरुको मृत्यु दर १२ प्रतिशत कम थियो । त्यसै गरी शाकाहारीको तुलनामा मांशाहारीको शरिरमा अल्जाइमर ३ गुणा बढी पाइयो ।

Logo