बलिउड अभिनेत्री अनुष्का शर्माले केही समयअघि क्रिकेटर विराट कोहलीसँग विवाह गरिन् । २९ बर्षिय विवाहित अभिनेत्री आकर्षक फिगरकी धनी पनि हुन् । "/>

अभिनेत्री अनुष्का शर्माले बताइन् आफ्नो व्युटी सेक्रेट, यस्तो छ उनको डाइट प्लान

अभिनेत्री अनुष्का शर्माले बताइन् आफ्नो व्युटी सेक्रेट, यस्तो छ उनको डाइट प्लान

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री अनुष्का शर्माले केही समयअघि क्रिकेटर विराट कोहलीसँग विवाह गरिन् । २९ बर्षिय विवाहित अभिनेत्री आकर्षक फिगरकी धनी पनि हुन् । उनले आफुलाई सधै फिट एन्ड फाइन राख्ने गरेकी छिन् ।

अनुष्का आफ्नो स्वास्थ्यप्रति निकै सजग छिन् । खानपानमा पनि उनी उत्तिकै सचेत छिन् । अनुष्काले योग, ध्यान, व्यायामलाई जीवनकै अभिन्न पाटो बनाएकी छिन् । उनको दैनिकी योगबाट सुरु हुन्छ । जतिसुकै व्यस्त भएपनि अनुष्का व्यायामको लागि समय निकाल्छिन् । अनुष्का एक दिनमा २ पटक योगा गर्छिन् । एक पटक बिहान र दोस्रोपटक सुटिङपछि ।

अनुष्का आफ्नो फिटनेसको जस नृत्यलाई पनि दिन्छिन् । उनी हरेक दिन आधा घण्टा नृत्य गर्छिन् । नृत्यले आफुलाई फ्रेस र फिट राख्ने उनको बुझाई छ । यसका साथै उनी जिम पनि गर्छिन् । जिमसँगै जगिङ गर्छिन् ।

अनुष्का खानपानमा निकै सचेत छिन् । उनी माछामासु खाँदैनन् । तर पौष्टिक खानेकुरामा भने जोड दिने गर्छिन् । उनी उसिनेको सब्जी सेवन गर्छिन् । पर्याप्त मात्रामा पानी पनि पिउँछिन् । अनुष्का सन्तुलित आहार मात्र सेवन गर्छिन् । तैलिया खानेकुरा खादिनन् । बिहानको नास्तासँगै जुस पिउने गर्छिन् ।

अनुष्का जंक फूडलाई पूर्णरुपमा तिरस्कार गर्छिन् । जंक फुड खाँदा शरीरमा अनेक प्रकारका विकृति उत्पन्न हुन्छन् भन्ने उनको विश्वास छ । यसको कारणले छाला एकदमै खराब हुन्छ ।

Logo