ब्रेन ट्युमरको खास कुनै कारण हुँदैन । यसको स्तर थाहा पाउनका लागि शोधकर्ताले केहि मूख्य रिक्स फ्याक्तर पत्ता लगाएका छन् । "/>

सावधान ! यस्तो लक्षण देखिए ब्रेन ट्युमर हुनसक्छ

सावधान ! यस्तो लक्षण देखिए ब्रेन ट्युमर हुनसक्छ

केन्द्रबिन्दु
0
Shares

ब्रेन ट्युमरको खास कुनै कारण हुँदैन । यसको स्तर थाहा पाउनका लागि शोधकर्ताले केहि मूख्य रिक्स फ्याक्तर पत्ता लगाएका छन् । ब्रेन ट्युमर भएको कतिलाई त थाहा पनि हुँदैन । यो एक खतरानाक र ज्यान लिने रोग हो, तर पहिलो चरणमै यसको उपचार गरे रोगबाट मुक्त हुन सकिन्छ ।

कसरी थाहा पाउने ?

वान्ता हुनु– ब्रेन ट्युमरको स्थितीमा धेरैलाई वान्ता हुने समस्या देखिन्छ । यस्तो समस्या विहानको समयमा बढी हुन्छ । जब मानिस एक स्थानबाट अर्को स्थानमा जान्छन्, वान्ता हुन सक्छ ।

टाउकोमा पीडा– टाउकोको पीडा ब्रेन ट्युमरको सुरुवाती लक्षण हुन् । यद्यपी धेरैले यसतर्फ ख्याल गरेका हुँदैनन् । टाउको दुख्ने समस्या पनि बिहान हुन्छ । जति ब्रेन ट्युमरको समस्या बढ्दै जान्छ, टाउको पनि उत्तिनै दुख्दै जान्छ ।

शारीरिक असन्तुलन– जब व्यक्तिको सेरिबैलममा ट्युमर हुन्छ, त्यसले उसको मुभमेन्टमा प्रभाव पार्छ । यसले गर्दा मानिसले आफ्नो शरीरको सन्तुलन गर्न सक्दैनन् ।

बोल्न झर्को लाग्ने– ट्युमर भएको व्यक्तिलाई बोल्न झर्को लाग्छ । यदि अचानक बिना कारण बोल्न मन लागेन वा झर्को लाग्यो भने चिकित्सककाहाँ परामर्श लिनुपर्छ ।

दृष्टि धमिलो हुनु– बे्रन ट्युमरको कारण मानिसको दृष्टि धमिलो हुन्छ । कुनैपनि कुरालाई स्पष्ट देख्न सक्दैनन् ।

बेचैन हुनु– बिना कारण बेचैन हुनु, रिस उठ्नु पनि यसको कारण हुन सक्छ ।

Logo