अहिले बजारमा इनर्जी ड्रिंकको बिगबिगी छ । गर्मीमा त यसको कारोबार अझ धेरै हुने गर्छ । इनर्जी ड्रिंक प्यास मेट्न मात्र होइन, शक्तिवद्र्धक पेयको रुपमा बढी पिउने गरिन्छ । "/>

सावधान ! इनर्जी ड्रिंक पिउनुअघि पढ्नुहोस् यी कुरा

सावधान ! इनर्जी ड्रिंक पिउनुअघि पढ्नुहोस् यी कुरा

केन्द्रबिन्दु
0
Shares

अहिले बजारमा इनर्जी ड्रिंकको बिगबिगी छ । गर्मीमा त यसको कारोबार अझ धेरै हुने गर्छ । इनर्जी ड्रिंक प्यास मेट्न मात्र होइन, शक्तिवद्र्धक पेयको रुपमा बढी पिउने गरिन्छ । यो वास्तवमै शक्तिवद्र्धक हुन्छ ?

त्यसबारे भने अहिलेसम्म कुनै तथ्य सार्वजनिक भएको छैन । तर मानिसहरु दिनभरको थकान कम गर्न वा व्यायाम गरिसकेपछिको अवस्थामा इनर्जी डिं«क पिउने गर्छन् । यसरी इनर्जी ड्रिंक पिउनेहरुलाई थाहा हुन नसक्छ यसले शक्ति दिने होइन बरु शरीरका लागि खतरा निम्त्याउँछ ।

अमेरिकन हार्ट एशोसिएसनले यस सम्बन्धमा एक अध्ययन गरेको थियो । उक्त अध्ययन अनुसार इनर्जी ड्रिंकले शरीरलाई खतरामा पार्न सक्छ । खासगरी यसले मुटुसँग सम्बन्धित समस्या ल्याउन सक्छ । उच्च रक्तचाप भएकाहरु यसका जोखिम बर्गमा पर्छन् ।

नेशनल हेल्थ इन्स्टिच्युटका अनुसार इनर्जी ड्रिंकले मस्तिष्कघात समेत हुन सक्छ । यसमा अत्याधिक मात्रामा क्याफिन हुन्छ । यसले रक्त प्रवाहसँग सम्बन्धित समस्या ल्याउँछ ।

Logo