हामीमा अहिले पनी विहान उठ्ने वित्तिकै नुहाउनुलाई राम्रो मानिन्छ । हुन त कसले कुन बेला नुहाउने भन्ने कुरा उसको जिजी कुरा हो । "/>

तपाई विहान नुहाउनुहुन्छ कि बेलुका ? यस्ता छन् बेलुका नुहाउनुका फाइदाहरु

तपाई विहान नुहाउनुहुन्छ कि बेलुका ? यस्ता छन् बेलुका नुहाउनुका फाइदाहरु

केन्द्रबिन्दु
0
Shares

हामीमा अहिले पनी विहान उठ्ने वित्तिकै नुहाउनुलाई राम्रो मानिन्छ । हुन त कसले कुन बेला नुहाउने भन्ने कुरा उसको जिजी कुरा हो । विहान नुहाउनु पक्कै पनि स्वास्थ्यकाा दृष्टिकोणले रामो छ ।

तर, बिहानभन्दा बेलुकी नुहाउनु बढी फाइदाजनक हुन्छ । भन्ने कुरा तपाईले पत्याउनुहुन्छ ? स्वास्थ्कर्मीहरु भने बेलुकी नुहाउँदा धेरै फाइदा हुने बताउँछन् ।

फाइदाहरु यस्ता छन् ।

छालाको इन्फेक्सनबाट मुक्त हुन

प्रायः मानिसले बेलुकी हातखुट्टा सफा गरेर सुत्ने गर्छन् । यति मात्र नभएर सुत्नुअघि नुहाउनु निकै जरुरी भएको स्किन एक्सपर्टहरू बताउँछन् । खासगरी गर्मी मौसममा बेलुकी नुहाउँदा निकै फाइदा हुन्छ । किनभने, दिनभर काम गर्दा शरीरमा फोहोर जम्मा भएको हुन्छ । जसका कारण छालामा इन्फेक्सन हुने खतरा हुन्छ । त्यसैले सुत्नुअघि नुहाउँदा शरीर सफा मात्र नभएर विभिन्न संक्रमणबाट पनि बच्न मद्दत पुग्छ । यस्तो बानीले छाला कोमल बन्न पनि सघाउँछ ।

आरामदायी निद्रा

सुत्नुअघि नुहाउँदा आरामदायी निद्रामा सहयोग पुग्छ । यसले दिनभरको थकानबाट मुक्त हुन सहयोग मिल्छ । तपाईंले नुहाउने पानीमा सुगन्धित तेलका केही थोपा राख्न पनि सक्नुहुन्छ । यसरी नुहाउँदा तपाईंलाई रिल्याक्स फिल हुन्छ । तेलले छालाका लागि मोस्चराइजरको पनि काम गर्छ ।

तौल कम गर्न

नुहाउने समय शरीरको क्यालोरी पनि केही मात्रामा जलेर जान्छ, जुन तौल घट्ने पहिलो स्टेप हो । त्यसैले बेलुकी नुहाउँदा मोटोपनबाट मुक्त हुन पनि सहज हुन्छ ।

मुड ठीक राख्न

दिनभर काम गर्दा स्वाभाविक रूपमा मानिसले थकाइको अनुभूति गर्छ । थकाइले मानिसको मुड पनि खराब गर्छ । अनि स–साना कुरामा पनि रिस उठ्छ । यस्तो अवस्थामा तपाईंले थकाइलाई टाढा राख्ने गतिविधि गर्न आवश्यक हुन्छ । थकाइबाट मुक्त हुँदा तपाईंको मुड पनि ठीक ठाउँमा आउँछ र तपाईंको स्फूर्ति जाग्न थाल्छ । थकाइ र प्रदूषणबाट मुक्त हुन रातमा नुहाएर फाइदा उठाउन सक्नुहुन्छ ।

Logo