हट योगा गुरु टाट पल्टिने भए

हट योगा गुरु टाट पल्टिने भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २६ कात्तिक । हट योगमा विश्वमै ख्याती कमाएका योगा गुरु बिक्रम चौधरीलाई लागेको यौन दुराचारको अभियोगमा जरिवना तिर्दा उनी टाट पल्टिने भएका छन् ।

एक महिला विद्यार्थी माथी यौन दुराचार गरेको अभियोग लागेका योगा गुरु बिक्रम चौधरीले जरिवना तिर्दा उनको सम्पूर्ण सम्पत्ति बिक्रि गर्दा पनि नपुग्ने देखिएको हो । जसको कारण अमेरिकी अदालतले चौधरीलाई टाट पल्टेको घोषणा गर्न लागेको छ ।

अर्ध निवस्त्र भएर योग सिकाउने हुनाले उनलाई विश्वभर हट योगा गुरुको नामले चिनिन्थे । उनी आफु अण्डरवेयरमा मात्र प्रस्तुत भएर योग सिकाउथे भने विद्यार्थीहरुलाई पनि सकभर कम कपडा लगाएर योग गर्न लगाउथे । जसको कारण उनी माथी बेला बेलामा यौन दुराचारको अभियोग लाग्ने गरेको थियो । सन् २०१३ मा बिक्रमलाई आफ्नै वकिल मिनाक्षी लगायत ६ महिलाले यौन दुराचार गरेको अभियोग लगाएका थिए । मिनाक्षीले सन् २०१५ मा बिक्रम चौधरी बिरुद्ध अमेरिकी अदालतमा मुद्धा समेत दायर गर्दै क्षतिपूर्तिमा माग राखिन् । यो अभियोगमा अमेरिकी अदालतले सुनुवाई गर्दै बिक्रम चौधरीको सम्पूर्ण सम्पतिवाट मिनाक्षीलाई क्षतिपूर्ति वापत रकम दिनु भन्ने निर्णय गरेको छ ।

यो निर्णयले गर्दा हट योगमा साम्राज्य फैलाउदैं आएका बिक्रम चौधरीलाई आर्थिक रुपमा टाट पल्टिएका हुन् । अहिले बिक्रम चौधरीको हट योगका ७ सय भन्दा बढी फ्रेन्चाइजहरु विश्वभर रहेको छ । उनको तौर तरिका अनुसार हट योग विश्वका सैयौं देशहरु सिकाइने गरिन्छ । योग मार्फत् ५ सय करोड सम्पत्तिका मालिक समेत रहेका बिक्रम चौधरीसंग कुनै बेला म्याडोना, डेमी मूर, अमेरिकाका पूर्व राष्ट्रपति विल क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनसम्म योगा सिक्न आउथे । एजेन्सी

Logo