आज १,३१८ कोरोना संक्रमणमुक्त हुँदा १,१५८ जनामा संक्रमण

आज १,३१८ कोरोना संक्रमणमुक्त हुँदा १,१५८ जनामा संक्रमण

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा  १ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् भने १,१५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । 

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ। नेपाल मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ भने ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

Logo