नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुग्यो, आज ११ जनाको मृत्यु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुग्यो, आज ११ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ जना पुगेको छ । आज ११ जनाको मृत्यु भएको छ । मंगलबार ७ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ३४,४१८ पुगेको छ । आज ८८५ जना थपिएका छन् । मंगलबार ८५५ जना थपिएका थिए । आज १३, २५३ जनाको पिसिआर गरिएको थियो ।

आजसम्म निको हुनेको संख्या १९,५०४ जना पुगेको छ । आज मात्र ३८५ निको भएका छन् ।

काठमाडौं उपत्यकामा आज ३०१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा २३० , भक्तपुरमा २४ र ललितपुरमा ४७ थपिएका छन् ।

मंगलबार पनि काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ थपिएका थिए । मंगलबार २३२ जना थपिएका थिए । यो सँगै उपत्यकामा संक्रमितको कूल संख्या ४ हजार १९ पुगेको छ ।

Logo