भरतपुर क्यान्सर अस्पतालका २५ स्वास्थ्यकर्मीमा कोरोना

भरतपुर क्यान्सर अस्पतालका २५ स्वास्थ्यकर्मीमा कोरोना

केन्द्रबिन्दु
0
Shares

चितवन।

चितवनस्थित वीपी कोइराला क्यान्सर अस्पतालका २५ जना स्वास्थ्यकर्मी तथा चिकित्सकमा कोरोना पुष्टि भएको छ।

अस्पतालका १५ जना नर्स, १ जना डाक्टर र अन्य सरसफाइ तथा प्रशासनका कर्मचारीमा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये १० जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । अन्य स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको बताइएको छ ।

नेपालभर हालसम्म ४०० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

Logo