किन मानिसको आखाँ खैरो, निलो, हरियो र कालो रंगको हुन्छ ?

किन मानिसको आखाँ खैरो, निलो, हरियो र कालो रंगको हुन्छ ?

केन्द्रबिन्दु
0
Shares

हामी मानिसहरूको आँखाको रंग फरक फरक हुन्छ । कसैको कालो आँखा हुन्छ, कसैको खैरो र कसैको नीलो वा कसैको हरियो आँखा पनि हुन्छ ।

संसारमा मानिसहरूको आँखाको रंग किन फरक–फरक भएको होला ? भनि तपाईको मनमा कति पटक प्रश्न पनि उठेको होला आउनुहोस यो विषयमा जानौं  । 

धेरैजसो मानिसको आँखा खैरो वा गाढा खैरो रंगको हुन्छ । केहि मानिसहरुको हरियो, खैरो र नीलो रंगको पनि हुन्छ । निलो आँखा भन्न साथ ऐश्वर्या, सैफ–करीनाका छोरा तैमुरको याद आउँछ होला धेरै मानिसहरुमा । 

अध्ययनकर्ताहरुका अनुसार हाम्रो आँखाको रङ पुतलीमा रहेको मेलानिनको मात्राले निर्धारण गर्छ । आखाँको रंग कस्तो हुन्छ भनि । यसका साथै, आखाँमा भएको प्रोटिनको घनत्व र वरपरको प्रकाशले पनि रंग निर्धारणमा प्रभाव पार्छ । आँखा विशेषक्षहरुले आँखाको रङलाई ९ श्रेणीमा विभाजन गरेका छन । 

त्यहाँ १६ वटा जीनहरू छन् जुन आँखाको रंगसँग सम्बन्धित छन् । आँखाको रंगको लागि जिम्मेवार दुई प्रमुख जीनहरू ओसिए२ र एचइआरसि २ हुन्।
संसारका अधिकांश मानिसको आँखा खैरो हुन्छ । किनभने यसको विकास गर्ने जीनहरू अधिकांश मानिसहरूमा पाइन्छ । निलो आँखा भएका व्यक्तिहरूको संख्या संसारमा सबैभन्दा कम छ । संसारभरि लगभग सबै ठाउँमा, सबै प्रकारका मानिसहरूका आँखा खैरो नै हुन्छ ।

जबकि नीलो आँखा भएका मानिसहरूलाई भेट्न भने गाह्रो छ । अध्ययनकर्ताहरुका अनुसार नीलो आँखा भएका मानिसहरूको पुर्खा एउटै हो ।

मानिसको जिनमा करिब ६ हजारदेखि १० हजार वर्षअघि देखि मात्र परिवर्तन भएको मान्छन । यसै कारण मानिसको आँखाको रंग नीलो हुन थाल्यो । संसारमा केवल २ % मानिसहरूको आँखा हरियो रंगको छ ।

Logo