गृहमन्त्री रवि लामिछानेको नाममा अड्कियो कार्यदल, अब के हुन्छ ?

गृहमन्त्री रवि लामिछानेको नाममा अड्कियो कार्यदल, अब के हुन्छ ?

केन्द्रबिन्दु
21
Shares

सहकारी बचतकर्ताको रकम अपचलन, हिनामिना र ठगी प्रकरणमा हुने संसदीय छानबिनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने विषयमा दलहरुबीच विवाद देखिएको छ ।

समिति गठन गर्न सहमत भएका प्रमुख दलहरु आइतबार बिहानैदेखि सिंहदरबारमा दुई चरणमा छलफल भए पनि समितिको कार्यादेशको क्षेत्राधिकारमा पुगेर अड्किएको हो । रविको नाम कार्यादेशमा राख्नुपर्छ भन्ने कांग्रेसको प्रस्तावमा सत्तापक्षले सहजै स्वीकार नगरेपछि विवाद उत्पन्न भएको हो ।

अब बैठकलाई यत्तिकै रोकेर कार्यदलमा रहेका सदस्यहरू प्रतिनिधि सभा बैठकमा भाग लिन नयाँ बानेश्वरतिर लागेका छन्। बैठकमा आज उपप्रधान तथा गृहमन्त्री लामिछाने बोल्ने कार्यक्रम छ।

Logo