आजको मौसम : तराईमा गर्मी बढ्ने, केही ठाउँमा पानी पर्ने

आजको मौसम : तराईमा गर्मी बढ्ने, केही ठाउँमा पानी पर्ने

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ। ती ठाउँमा अधावधिक रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

आज राती कोशी र मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागमा भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Skip This
Skip This
Logo