शंकरलाल अग्रवाललाई पठाइयो नख्खु कारागार

शंकरलाल अग्रवाललाई पठाइयो नख्खु कारागार

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । जगदम्बा स्टिल लिमिटेडका सञ्चालक शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवाललाई न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त वाणिज्य इजलासले पुर्पक्षका लागि नख्खु कारागार पठाउन आदेश दिएको हो ।

अग्रवालको बैंक खाता प्रयोग गरी जटिल तहकिकरण भएको र वित्तीय कारोबारमा जोखिम पुर्‍याएको भन्दै मुद्दाको किनारा नलागेसम्म उनलाई थुनामै राखेर प्रक्रिया अगाडि बढाउन अदालतको आदेश छ ।

जगदम्बा स्टिलले लिएको ऋण रकम सहप्रतिवादी दीपक भट्टको जग्गा खरिद गर्न र निजकै स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालि को शेयर खरिदमा प्रयोग गरिएको देखिएको छ । अदालतले यस प्रक्रियामा लेयरिङ (रकमलाई घुमाएर विभिन्न खातामा पठाउने प्रक्रिया) गरी बैंक कर्जाको दुरुपयोग गरिएको ठहर गरेको छ ।

Logo