प्रदेश नं. १ मा १०९ सङ्क्रमित थपिए

प्रदेश नं. १ मा १०९ सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

पछिल्लो २४ घण्टामा प्रदेश नं.१ मा १०९ जना कोरोना सङक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा आठ, खोटाङमा एक र प्रदेश बाहिरका चार जना रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको विवरण अनुसार मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा दुई महिला छ पुरुष, ग्रामथानमा एक महिला पाँच पुरुष, बेलबारीमा एक महिला दुई पुरुष, बुढीगंगामा दुई पुरुष, रंगेलीमा एक पुरुष, जहदामा एक महिला र स्थानीय तह नखुलेकी एक महिलामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार जिल्ला बाहिर सुनसरीको दुहवीमा दुई महिला १४ पुरुष, इटहरीमा चार महिला चार पुरुष, भोक्राहानरसिंहमा छ पुरुष, कोशी गाउँपालिकामा पाँच पुरुष, बराहक्षेत्रमा तीन पुरुष, इनरुवामा एक महिला दुई पुरुष, धरानमा तीन महिला, बराहक्षेत्रमा तीन पुरुष, गढीमा एक पुरुष र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, झापाको भद्रपुरमा एक महिला तीन पुरुष, कमलगाउँपालिकामा एक महिला एक पुरुष, दमक र गौरीगञ्जमा एकएक पुरुष, खोटाङको दिक्तेलामा एक पुरुष र प्रदेश बाहिरका एक महिला र तीन पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८३२ पुगेको छ भने मंगलबार ४९ जना निको भएर घर फर्केका छन् । हालसम्ममा यस प्रदेशमा निको भएर घर फर्कनेको सङ्ख्या एक हजार ३३२ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा दुई हजार ३९ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्ममा कुल ८० हजार ७४५ जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Logo