१७ सैनिकसहित गण्डकी प्रदेशमा २३ जना कोरोना संक्रमित थपिए

१७ सैनिकसहित गण्डकी प्रदेशमा २३ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

कास्की ।

गण्डकी प्रदेशमा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये लमजुङका २० जना रहेका छन् । गण्डकी प्रदेश निर्देशनालयले जनाए अनुसार उनीहरु मध्ये १७ जना नेपाली सेनामा कार्यरत रहेका छन् ।

आज थपिएका मध्ये एक जना ग्लोबल आइएमई बैंकका कर्मचारी पनि रहेका छन्। आज कास्कीका २ र नवलपरासीका १ जनामा पनि कोरोना पुष्टि भएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १,९३६ रहेको छ । जस मध्ये १,६४३ जना निको भएका छन् । यो ८४.८६ प्रतिशत हो ।

Logo