गए राति पाटन अस्पतालमा काठमाडौंका एक संक्रमितको मृत्यु

गए राति पाटन अस्पतालमा काठमाडौंका एक संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पाटन अस्पतालमा गए राति काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले जनाए अनुसार ५४ वर्षीय पुरुषको गए राति ९ः३० बजे मृत्यु भएको हो ।

साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका उनको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

मंगलबार सम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमणबाट १६४ जनाको मृत्यु भइसकेको छ। कूल संक्रमितको संख्या ३३ हजार ५३३ छ भने १९ हजार ११९ जना निको भएका छन् ।

Logo