दुई कोरोना संक्रमितको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु

दुई कोरोना संक्रमितको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम ।

महोत्तरीमा कोरोना (कोभिड–१९) को संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। मंगलबार चितवनस्थित उपचारको क्रममा मृत्यु भएको हो।

महोत्तरीको मनरासिस्वा नगरपालिका ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । कोभिड १९ व्यवस्थापन समितिलाई उदृत गर्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

‘मृत्यु भएका ७५ वर्षीय पुरुष क्यान्सर रोगी थिए, उनको उपचार चितवनस्थित भरतपुर अस्पतालमा हुँदै थियो’ उनले भने । उनी भदौ ३ गते कोरोना संक्रमित भएका थिए । उनलाई उपचारका लागि जलेश्वरस्थित आइसोलेशनमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

त्यसैगरी, महोत्तरीको बलेवा नगरपालिका ३ बस्ने ७७ वर्षीय एक पुरुषको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ। जनकपुरस्थित प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको हो। भदौ ६ गते उनलाई कोरोना संक्रमण भएको थियो । उनको ढाडमा लामो समयदेखि समस्या रहेको थियो । योसँगै महोत्तरीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ।अन्नपूर्णबाट

Logo