आज वीरगंजमा थपिए ११७ नयाँ संक्रमित

आज वीरगंजमा थपिए ११७ नयाँ संक्रमित

केन्द्रबिन्दु
0
Shares

वीरगंज ।

नारायणी बयोधा अस्पताल बीरगंजका स्टाफसहित पर्सामा आज १ सय १७ जना कोरोना संक्रमति थपिएका छन् । जस मध्ये ३५ जना महिला रहेका छन् ।

नारायणी अस्थायी कोभिड अस्पतालले यसको जानकारी दिएको हो ।

पछिल्लो समय कोरोना संक्रमणको केन्द्र बनेको वीरगंजमा हरेक दिन संक्रमितहरु थपिनेक्रममा छन् । सोमबार ९२ जना थपिएका थिए भने मंगलबार थपिनेको संख्या १५३ थियो ।

आज थपिनेहरुमा बारा जिल्लास्थित श्री चण्डीनाथ गणका सेना, भारतीय महाबाणिज्य दूतावासका महिला कर्मचारी समेत रहेको अस्पतालले जनाएको छ ।

Logo