निर्वाचनका लागि भारतबाट घर फर्कने नेपालीको संख्या दैनिकरुपमा बढ्दै (फाेटाेफिचर)

निर्वाचनका लागि भारतबाट घर फर्कने नेपालीको संख्या दैनिकरुपमा बढ्दै (फाेटाेफिचर)

केन्द्रबिन्दु
0
Shares

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरु फर्किने क्रम बढ्न थालेको छ।

कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो । गड्डाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ सयदेखि २ सय नेपालीहरु भारतबाट फर्किने गरेको भएपनि अहिले त्यो संख्या बढेर दिनमा ५ सयभन्दा माथिको संख्यामा घर फर्किरहेका छन् । कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले अहिले दिनमै ५ सयदेखि ८ सय जनासम्म मानिसहरु नेपाल फर्किरहेको र यो संख्या बढीरहेको बताए । उनले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पश्चिमी नाकाहरुमा छिमेकी देश भारतमा काम गर्न गएका नेपालीहरु धमाधम नेपाल फर्किएका बताए ।

भारतबाट नेपाल फर्कने नेपालीहरुको संख्या बढेपछि नेपाली नागरिकको डाटा संकलन गर्ने कार्य भइरहेको छ । पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण बढीरहेकोले नेपाल आउनेहरुले अनिवार्य ७ दिन क्वारेन्टाइनमा बस्न र कोरोनाबिरुद्ध खोप लगाउन छुटेकाहरुले खोप लगाउन तथा अनिवार्य स्वास्थ्यका मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। 

जुनकुनै उम्मेदवारलाई मत हाले पनि मतको कदर हुन नसकेको उनीहरुको गुनासो छ । उनीहरुले उम्मेदवारहरुले चुनावअघि विभिन्न प्रतिबद्धता जनाएपनि चुनावपछि पहिलाका प्रतिवद्धता बिर्सिने गरेको र आफ्नो लागि मात्रै सोच्ने गरेको भन्दै आक्रोश पोखेका छन्। नेपालमै रोजगारी सिर्जना गरेर नेपाली नागरिकलाई विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्नुपर्ने भारतबाट नेपाल फर्किएका नागरिकहरुको माग छ ।

दैनिकरुपमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकको संख्या बढ्दै जाँदा स्थानीय तहको निर्वाचनमा नेताहरुले जनाएको स्वदेशमै रोजगारीको प्रतिवद्धता भने चुनावपछि बिर्सिने गरेको स्वदेश फर्किएका नागरिकको दुःखेसो छ। यो समस्या समाधान नहुँदा नेपाली नागरिकले पुनः रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता रहँदै आएको छ। जसले राजनीतिक दल र नेताहरुमा नागरिकले विश्वास गर्न छोडेको महशुस गर्न थालेका छन् ।

 

Logo