लगानी बोर्डको ४८औँ बैठक आज बस्दै

लगानी बोर्डको ४८औँ बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

लगानी बोर्डको ४८औँ बैठक शुक्रबार बस्ने भएको छ। बोर्डका अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि पहिलो पटक बोर्डको बैठक बस्न लागेको हो। प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ।

बोर्डको यो बैठकमा विभिन्न जलविद्युत् आयोजनाको लगानी स्वीकृति, पुँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृतिको विषय रहेका छन्।

बोर्डका अनुसार दोलखाको जुमखोला जलविद्युत् आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत् आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका विषयहरूले बैठकमा प्रवेश पाउने भएका छन्।

बोर्ड बैठकले चालू आर्थिक वर्षको वार्षिक बजेट पनि पारित गर्नेछ। त्यसैगरी बोर्डको व्यावसायिक तथा रणनीतिक योजना अनुमोदन पनि गरिनेछ।गोरखापत्रबाट

Logo