लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी सुरु

लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी सुरु

केन्द्रबिन्दु
0
Shares

लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी सुरु भएको छ । आउँदो अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने गरी तयारी सुरु भएको लुम्बिनी विकास कोषले जनाएको  छ । 

विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बौद्ध शिखर सम्मेलनकै अवसरमा वितरणका लागि प्रक्रियाअघि बढाउने निर्णय गरेको कोषले जनाएको छ ।  बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीको अवसर पारेर ‘लुम्बिनी जाउँ’ टिकटक प्रतियोगिता पनि आयोजना गरिने भएको छ ।

लुम्बिनीको थप प्रचारप्रसार र पर्यटकीय प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए ।  बुद्ध जयन्तीको अवसरमा बुद्ध संस्कृति अवलम्बन गर्ने सबैलाई निःशुल्क भिसा प्रदान गर्न नेपाल सरकारसँग पहल गर्ने निर्णय पनि भएको छ ।

Logo