मिटरब्याज पीडित बिरामी, सरकारी डाक्टरसहितको टोलीले आज स्वास्थ्य परीक्षण गर्दै

मिटरब्याज पीडित बिरामी, सरकारी डाक्टरसहितको टोलीले आज स्वास्थ्य परीक्षण गर्दै

केन्द्रबिन्दु
0
Shares

मिटरब्याजी विरुद्ध आन्दोलन गर्न काठमाडौँ आएका धेरैजसो मिटरब्याज पीडितहरु गम्भीर बिरामी पर्न थालेका छन् ।

रुघाखोकी  ज्वरो आएको र कतिपयलाई भने टाउको दुख्ने, पेट फुल्ने, आउँ पर्ने जस्ता समस्या देखिएका छन् ।  मिटरब्याज पीडितहरु अनामनगरको तमु बौद्धमा बस्दै आएका छन् । धरैजसो पीडितहरु बिरामी पर्न थालेपछि आज सरकारी डाक्टरसहितको टोलीले तमु बौद्धमै गएर उनीहरुको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ ।

बिहान १० बजेदेखि डाक्टरसहितको टोलीले स्वास्थ्य परीक्षण गर्ने र आवश्यक औषधिसमेत वितरण गर्ने जानकारी आएको मिटरब्याज पीडित महोत्तरीका पुर्षोत्तम अधिकारीले जानकारी दिए । उनका अनुसार तमु बौद्धमा एक सय ६ जना बसिरहेका छन् ।

Logo