एलपी ग्याँस बोकेको भारतीय ट्यांकर पल्टिदा एकको मृत्यु

एलपी ग्याँस बोकेको भारतीय ट्यांकर पल्टिदा एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

एलपी ग्याँस बोकेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

चितवनको मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो टयाङकरमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

मृतकको नाम पहिचान हुन सकेको छैन् । सो दुर्घटनामा परेर अर्का एकजना गम्भीर घाइते भएका छन भने घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

Logo