काठमाडाैँमा भएका छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु

काठमाडाैँमा भएका छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँमा भएका छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु भएकाे  छ । 

गएराति काठमाडाैँको वसुन्धारामा बा १९ च ३३०८ नम्बरको भ्यानले बाग्मती प्रदेश ०२ ०४१ प २१०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सुर्खेत भेरीगंगा नगरपालिका-१० का २७ वर्षका उपेन्द्र बुढाको मृत्यु भएकाे छ । उनको गएराति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै  गएराति साढे ११ बजे काठमाडाैँको जडीबुटीमा बाग्मती प्रदेश ०२ ०२२ प २६८४ नम्बरको मोटरसाइकल  दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ का ३५ वर्षका हरिशरण अधिकारीको मृत्यु भएकाे प्रहरीले जनाएको छ।  उनको उपचारका क्रममा  मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको हो।

Logo