अध्यागमन अधिकृतमाथि हातपात गर्ने असईसहित २ प्रहरी जवानकाे सरुवा

अध्यागमन अधिकृतमाथि हातपात गर्ने असईसहित २ प्रहरी जवानकाे सरुवा

केन्द्रबिन्दु
140
Shares

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग विवादमा संलग्न ३ जना प्रहरीलाई सरुवा गरिएको छ ।

माघ १२ मा चेकजाँच गर्ने क्रममा अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई कुटपिट गरेको आरोप खेपेका प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र अर्का एक जना जवानलाई काजमा रानीपोखरीस्थित उत्पयका प्रहरी कार्यालयमा सरुवा गरिएको हो ।

कुटपिटकाे घटनापछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। सहसचिव थानेश्वर गौतम नेतृत्वको विवाद छानबिन समितिले विवादमा संलग्न असई तामाङलाई निलम्बन गर्न र गुप्तालाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियाे । समितिले अध्यागमन कार्यालयका अधिकृत मोक्तानलाई भने जिम्मेवारीबाट हटाएर विभागीय कारबाही मात्रै सिफारिस गरेको छ । उक्त सिफारिसपछि असन्तुष्ट जनाउँदै त्रिभुवन विमानस्थल प्रहरी प्रमुख अर्जुन चन्दले राजीनामासमेत बुझाएका थिए। तर, प्रहरी प्रधान कार्यालयसँग छलफल भएपछि उनी राजीनामा फिर्ता लिएर काममा फर्किएका छन्।

Logo