अध्यागमन अधिकृतलाई हातपात गर्ने असईसहित तीन प्रहरीलाई डीआईजी चन्दले गरे पुरस्कृत [भिडियाेसहित]

अध्यागमन अधिकृतलाई हातपात गर्ने असईसहित तीन प्रहरीलाई डीआईजी चन्दले गरे पुरस्कृत [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

अध्यागमन अधिकृतमाथि हातपात गर्ने तीनजना प्रहरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले पुरस्कृत गरेका छन् ।

माघ १२ मा चेकजाँच गर्ने क्रममा अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई कुटपिट गरेको आरोप खेपेका विमानस्थलका प्रहरी नायब निरीक्षक प्रकाश चौधरीलाई १२ सय रुपैयाँ, प्रहरी सहायक निरीक्षक सन्जय तामाङलाई ११ सय र प्रहरी जवान रविजंग गुप्तालाई ८०० रुपैयाँ नगद पुरस्कारले पुरस्कृत गरेका हुन् ।

विमानस्थल स्रोतका अनुसार डीआईजी चन्दले पुरस्कृत प्रहरीको अभिलेख राष्ट्रिय प्रहरी किताब खानामा हुने गरी पत्र पठाएका छन् । यता, गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको विवाद छानबिन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटपिट घटनामा डीएसपीसहित ४ प्रहरीलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

कारबाहीका सिफारिस हुनेहरुमा डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, प्रहरी जवान रविरन्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतो थिए। तर, कारबाही सिफारिसमा परेका मध्ये २ सहित ३ जनालाई डीआईजी चन्दले पुरस्कार दिएका हुन् ।

माघ १२ मा अध्यागमन विभागका शाखा अधिकृतलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो । विवादकै क्रममा हातपात पनि भएको थियो । सोही घटनामा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो । समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरुसँग बयान लिएको थियो ।

समितिले असई तामाङ र जवान गुप्ताले कर्मचारीमाथि हातपात गरेको निष्कर्ष निकाल्दै निलम्बन गर्न सिफारिस गरेको थियो । समितिको निर्णयप्रति असन्तुष्ट जनाउँदै डीआईजी चन्दले राजीनामा समेत बुझाएका थिए । तर पछि प्रहरी प्रधान कार्यालयमा भएको छलफलमा आईजी बसन्त कुँवरले ‘सम्झाइ–बुझाइ’ गरेपछि चन्द राजीनामा फिर्ता लिन राजी भएका थिए । राजीनामा फिर्ता लिएका डीआईजी चन्द हाल बिदामा बसेका छन् ।

प्रहरी कर्मचारीहरुले विमानस्थलको शान्ति सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण, असल आचरण प्रदर्शन गरी प्रशासनिक लगायतका प्रहरी कार्यमा परिणाममुखी प्रहरी सेवा प्रदान गरी सेवा प्रदायक कर्मचारीहरु तथा यात्रुहरु समेतलाई सुरक्षाको अनुभूति गराउन ईमान्दार, पेशा प्रति समर्पित, व्यवसायि

क, लगनशिल एवं पूर्ण निष्ठावान भई उत्कृष्ट तवरबाट कार्य सम्पादन गरेकाले यस्ता प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिंदा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले पुरस्कृत गरिएको प्रहरीको उच्च स्रोतको भनाई छ ।

Logo