विमानस्थलका सुरक्षा प्रमुख चन्दको प्रदेश समन्वय विभागमा सरूवा

विमानस्थलका सुरक्षा प्रमुख चन्दको प्रदेश समन्वय विभागमा सरूवा

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको प्रदेश समन्वय विभागमा सरूवा भएको छ ।

शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा काज सरूवा गरेका हुन् । गत माघ १२ गते विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थलमा सुरक्षका लागि खटिएका प्रहरीबीच कुटाकुट भएको थियो ।

उक्त घटनामा असन्तुष्ट रहेका चन्दले राजीनामा बुझाएका थिए । पछि आइजिपी बसन्तबहादुर कुँवर र एआइजीहरूले राजीनामा फिर्ता गर्न लगाएर उनलाई १० दिनको बिदामा बस्न भनेका थिए ।

Logo