स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई पदमुक्त नगर्न सर्वोच्चकाे आदेश

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई पदमुक्त नगर्न सर्वोच्चकाे आदेश

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले यही माघ ९ गते डा बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वनय नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक डा बसौलाले आफूलाई कानुनविपरीत सरकारले हटाउने निर्णय गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवदेन दायर गरेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई हटाउन गत २४ पुस गने मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतले गत पुस ५ गते डा बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तिरिम आदेश जारी गरेको थियो ।

Logo