५ करोड ३३ लाख भ्रष्टाचारको आरोपमा बागमतीका मेयर थापाविरुद्ध मुद्दा

५ करोड ३३ लाख भ्रष्टाचारको आरोपमा बागमतीका मेयर थापाविरुद्ध मुद्दा

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

बुधबार थापाविरुद्ध अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ।

कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको हो।

Logo