विश्व वातावरण दिवसको अवसर पारेर तारकेश्वरमा बृहत् सरसफाइ कार्यक्रम

विश्व वातावरण दिवसको अवसर पारेर तारकेश्वरमा बृहत् सरसफाइ कार्यक्रम

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा राजधानीको तारकेश्वर नगरपालिकामा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

परिवर्तन अभियान नेपालको आयोजनामा बुधबार बिहान सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो।

अभियानका संयोजक सुशील भट्टले तारकेश्वर नगरपालिका वडा नम्बर ४ फूलबारी गेटबाट सुरु भएको सरसफाइ वडा नम्बर ५ को नागार्जन चोकसम्म पुगेर सम्पन्न गरिएको जानकारी दिए। सो क्रममा सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै स्थानीयमा सरसफाइमा प्रोत्साहन गर्ने सन्देश लेखिएका प्लेकार्डसहित जनचेतना जगाउने काम गरेका थिए।

कार्यक्रममा संविधानसभा सदस्य जगदीश्वर नरसिंह केसी, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, सविन तामाङ, बासुदेव लामा, इन्द्रमान महर्जन , सानुकाजी प्रजापति, स्याम ढुगना , तार्केस्बर ५ नम्बरका वडाध्यक्ष शम्भु फुयाँल, नागार्जुन १ का अध्यक्ष रामेश्वर लामालगायत सामाजिक अगुवाको सहभागिता रहेको थियो। यस्तै स्काउट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्कुलका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै भट्टले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने धारणा राखे।

Logo