नेपाल सोसल वर्क सम्मेलन २०२४ सम्पन्न

नेपाल सोसल वर्क सम्मेलन २०२४ सम्पन्न

केन्द्रबिन्दु
42
Shares

काठमाडौंस्थित थेम्स इन्टरनेशनल कलेजले आयोजना गरेको दुई दिने नेपाल सोसल वर्क सम्मेलन २०२४ सम्पन्न भएकाे छ ।

यही जुन २० र २१ मा कलेजको प्रांगण पुरानो बानेश्वरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न विषयमा प्यानल छलफल, फोटो तथा कला प्रर्दशनी तथा अन्य विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

सो कार्यक्रमको उद्घाटन गर्दै कलेजका अध्यक्ष राजेन्द्रमान शेरचनले समाजका विभिन्न विषयका बारेमा विज्ञ र सरोकारवालालाई एकै ठाउँमा ल्याएर छलफल गर्ने उदेश्यले विगत ८ वर्षदेखि कलेजले वार्षिक रुपमा सो कार्यक्रम गर्ने गरेको जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन वरिष्ठ पत्रकार नारायण वाग्लेले पत्रकारितादेखि पर्माकल्चरसम्म शीर्षका प्लेनरी सेसनमा विशेष सम्बोधन गरेका थिए । उनले विशेषत माटो र वातावरणलाई जोगाउन आफूले पछिल्लो समय गरेको कृषि कार्यको बारेमा आफ्नो धारणा राखेका थिए । त्यसैगरी विद्यार्थीले नाटक मंचन गरेका थिए । पहिलो दिन नै ऐन झ्यालको पुतली फिल्म प्रर्दशनको साथै त्यस विषयमा छलफल भएको थियो ।

दोस्रो दिन राजनीतिक विश्लेषक उज्वल प्रसाईले मसिहा खोज्ने कि सामूहिकता शीर्षकमा विशेषत प्रस्तुती गरेका थिए । त्यसैदिन शैली चौधरीले आदिवासी पहिचानका विविध पक्षहरुबारे छलफल गरेका थिए । दोस्रो दिनको अन्तिम सत्रमा पहिचानको राजनीति र युवा शीर्षकमा गहन छलफल भएको थियो ।

सो प्यानलमा इन्दु थारु, रिता शाह, जेवी विश्वकर्मा र सम्पादक कमलदेव भट्टराई सहभागी थिए । सो छलफलमा नेपालमा पहिचानको आन्दोलनको बिभिन्न पाटोहरुको बारेमा छलफल भएको थियो । सो सम्मेलनमा काठमाडौंका विभिन्न कलेजका प्राध्यापक र विद्यार्थीहरु सहभागि थिए ।

Logo