काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले कानून विपरित काम गर्ने व्यवसायीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल आहारपुरक सौन्दर्यपुरक संघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले राज्यको कानून अनुसार गरेको कामलाई कठोर तरिकाले नियन्त्रण नगर्ने भन्दै कानून विपरित जानेलाई मात्र कारबाही गर्ने बताए ।
उनले भने, ‘राज्य उपभोक्ताको मात्र होइन । व्यवसायीहरुको पनि संरक्षक हो । कसैले गरेको व्यवसायलाई दण्डित गर्ने गरि जादैनौं । हाम्रो उद्देश्य पनि त्यो होइन । यसको अर्थ फेरि राज्य सधैं गोठालो भएर बस्छ भन्ने पनि होइन । कानून अनुसार गरेको कामलाई कुनैपनि हिसाब कठोर तरिकाले नियन्त्रण गर्ने कुरा खोजेका छैनौं । कानून विपरित जाने हो भने त्यसमा कारबाही गर्नुपर्छ ।’
व्यापार, व्यवसायीहरुको संरक्षक पनि सरकार नै भएको भन्दै सरकारले अनुगमन गर्छ भनेर असल मनसायले व्यवसाय गर्ने कोही डराउनु नपर्ने पनि उनको भनाई छ । उनले आफूहरुले उपभोक्ताको हितलाई प्राथमिकतामा राख्ने पनि बताए ।





























प्रतिक्रिया