मनास्लु स्कूलले सुरू गर्यो ‘थ्री ई’ कार्यक्रम

मनास्लु स्कूलले सुरू गर्यो ‘थ्री ई’ कार्यक्रम

केन्द्रबिन्दु
1.4k
Shares

काठमाडौं । मनास्लु स्कूलले कक्षा ११ र १२ का विद्यार्थीका लागि शिक्षा, उद्यमशीलता र रोजगारलाई एकीकृत गर्ने उद्देश्यले ‘थ्री ई’ कार्यक्रमको सुरूआत गरेको छ।

स्कूलकै सभाकक्षमा आयोजना गरिएको ‘थ्री ई’ कार्यक्रममा एसईई दिएर बसेका ७ सय जना विद्यार्थीको उपस्थिति रहेको थियो।

स्कुलका कार्यकारी निर्देशक जेबि दवाडीको सभापतित्वमा सुरू भएको कार्यक्रममा संस्थाका अध्यक्ष हरिप्रसाद भट्टले परम्परागत ढंगले पानसमा बत्ति बाल्नुका साथै डिजिटल माध्यमबाट उद्घाटन गरेका थिए। कार्यक्रमका विशेष अतिथि नेपाल राष्ट्र बैंकका निर्देशक राजन विक्रम थापाले भविष्यका योग्य युवाहरू तयार गर्न शिक्षामा उद्यमशीलता र रोजगार ‘थ्री ई’ शीर्षकमा ‘की नोट’ प्रस्तुत गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षणमा उद्योगका प्रमुख व्यक्तिहरूबीच प्यानल छलफल रहेको र जसलाई फाइब्रोका सहसंस्थापक र सीईओ सुरजराज पाण्डेले सञ्चालन गरेका थिएभने छलफलमा बिनय खड्का (सीईओ, खल्ती डिजिटल वालेट), इस्मारन दुवाडी (सहसंस्थापक र सीईओ, कोड हिमालय), केदार चौलागाईं (सीईओ, नेपमेड्स), र विवेक प्रकाश (सहसंस्थापक र सीईओ, कोडिंगल)लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो। उनीहरूले उद्यमशीलता प्रवर्द्धनमा शिक्षा र रोजगारको तयारीमा महत्वपूर्ण भूमिका रहेको बताए।

मनास्लु स्कूलका सीईओ नरेशप्रसाद श्रेष्ठले स्वागत मन्तव्यमा विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यावहारिक सीप विकास गर्न विविध अवसरहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘थ्री ई’ पहलले विद्यार्थीलाई रोजगारयोग्य मात्र नभई रोजगार सिर्जना गर्न सक्षम बनाउन लक्ष्य राखेको छ र जसले अर्थतन्त्रमा योगदान पुर्याउने उनले दाबी गरे।

कार्यक्रममा युवा स्टार्ट–अपहरू र आइसीटी पहलहरूको प्रदर्शनीपनि समावेश रहेको थियो। जसले विद्यार्थीको उद्यमशीलता भावना र नवीन परियोजनाहरूको प्रदर्शन गरेको थियो। सो पश्चात स्कुलका विद्यार्थीहरू र फ्रिक स्ट्रिट ब्यान्डको प्रस्तुतिसहितको मनोरञ्जन सत्रका साथ कार्यक्रम समापन भएको थियो।

मनास्लु स्कूलको ‘थ्री ई’ कार्यक्रमले माध्यमिक शिक्षालाई पुनः परिभाषित गर्दै, विद्यार्थीलाई उच्च शिक्षा र रोजगारी बजारका लागि आवश्यक सीपहरू प्रदान गर्नेछ। यस पहलले मनास्लु स्कूललाई उद्यमशीलता र रोजगारयोग्यतामा केन्द्रित नवप्रवर्तनशील शिक्षामा अग्रणी बनाउने बताइएको छ।

Logo