‘प्रहरी चौकी र गृह मन्त्रालयमा समेत लागू औषध रोकथाम शाखा नहुनु दुःखद्’

‘प्रहरी चौकी र गृह मन्त्रालयमा समेत लागू औषध रोकथाम शाखा नहुनु दुःखद्’

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नार्कोनन नेपालका निर्देशक एवम् पूर्व वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले लागूऔषधको ओसारपसार र सेवन गर्ने युवा समूह बढ्दै गएपनि सरकारसँग कुनै योजना नरहेको बताएका छन्।

बुधबार अन्तरराष्टिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा नेपाल न्युज बैंकसँको कुराकानीमा लागू औषधजस्तो लठ्याउने कुरालाई मनोरञ्जन र औषधी, पेन किलरका रुपमा व्यापार हुँदै भइरहको भएपनि प्रहरी र गृहमन्त्रालयमा समेत लागू औषध नियन्त्रण शाखा नरहेको बताएका हुन्।

लामो समयदेखि सुधार केन्द्र समेत संचालन गर्दै आएका कुँवरले लागू औषध दुर्व्यसनीका कारण चोरी डकैती र हत्याका घट्नामा समेत वृद्धि भइरहेको बताए।

उनले भने, लागू औषधजस्तो लठ्याउने कुरालाई मनोरञ्जन र औषधी, पेन किलरका रुपमा व्यापार हुँदै आएको छ। तर, वास्तवमा त्यस्तो होइन। लठ्याउने कुराले मान्छेमा भएको चेतना ध्वस्त गरिदिन्छ। त्यसो भएपछि दुखाई, पीडा थाहा नै हुसेन। मरेको मान्छेको चेतना हुन्छ त ? लठ्याउने कुरा दिएर मानिसलाई न माया, न दया, न डिप्रेसनको अवस्थामा पुर्याइँदै छ। यसरी युवाहरुलाई लुटपाट, डाँका, हत्याका लागि प्रोत्साहित गरिरहेको छ। लठ्याउने कुराको व्यापार टेरोरिजममा पनि छ। लठ्याउने कुराहरु व्यापारका रुपमा यसरी गरिएको छ कि त्यसलाई रोक्ने फोर्सेस चाँहि छैन। प्रहरी पनि लागू औषध खायो बेच्यो भने मात्र आउँछ। यसलाई रोक्न, जनचेतना फैल्याउन प्रहरीले ठोस योजना बनाउन सकिरहेको छैन। अरु त छोड्नुस् प्रहरी चौकीमा लागूऔषध रोकथाम शाखाहरु छैनन्। गृह मन्त्रालयमा पनि लागूऔषध रोकथाम शाखा छैन।’

नेपाल प्रहरीले लागू औषधको बेचबिखन र सेवन गरेपछि मात्र समात्ने नीति लिएका कारण यसलाई निर्मूल पार्न समस्या विकराल हुँदै गइरहेको बताए।

Logo