हावाहुरीले उडायो विद्यालयको छाना, विद्यार्थी चाैरमा बसेर परीक्षा दिन बाध्य

हावाहुरीले उडायो विद्यालयको छाना, विद्यार्थी चाैरमा बसेर परीक्षा दिन बाध्य

केन्द्रबिन्दु
0
Shares

हावाहुरीले खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङस्थित कन्यछाँगा आधारभूत विद्यालयको छाना उडाएको छ। 

बिहीबार साँझ चलेको हावाहुरीले साबिकको बोपुङ–४ खरबारीस्थित विद्यालयको तीन कोठे भवनको छाना पूर्णरुपमा उडाएको हो। हावाहुरीले विद्यालयको छाना उडाएर जमिनमा थुपारेको छ। 

छाना उडाएपछि कन्यछाँगा आधारभूत विद्यालयका विद्यार्थी खुला आकाशमुनि बस्न बाध्य बनेका छन् । हाल जन्तेढुंगा गाउँपालिकाका सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। सो विद्यालयका विद्यार्थी भने घाममा बसेर परीक्षा दिन बाध्य बनेका छन्। 

Logo