दोस्रो विश्वयुद्धकालीन बम भेटियो

दोस्रो विश्वयुद्धकालीन बम भेटियो

केन्द्रबिन्दु
0
Shares

वर्लिन,

पूर्वी जर्मनीमा तीन जना बालबालिकाले एउटा पोखरीबाट माछा मारे जस्तै गरी अत्यन्तै शक्तिशाली चुम्वक प्रयोग गरेर दोश्रो विश्व युद्धकालिन दुईवटा खिया लागि सकेका बम र गोलीहरू निकालेको सुरक्षा सुत्रले जनाएको छ।

सो घटनामा तिनीहरूलाई कुनै पनि चोटपटक लागेको छैन। ओहड्रफशहर नजिक ती वस्तु फेला परेपछि तिनीहरूले प्रहरीलाई सूचित गरेका थिए । प्रहरीले तत्कालै सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो। साथै प्रहरीले अझै पनि कहीं कतै यस्ता चिजहरू फेला पर्नासाथ त्यसलाई नचलाईकन आफूहरूलाई सूचना दिन आग्रह गरेको छ।

ति हातहतियार पोखरीमा किन फालिएको भन्ने स्पष्ट भएको छैन। पटक–पटक जर्मनी दोश्रो विश्व युद्धकालिन बमहरू फेला पर्दा मानिसहरूलाई विस्थापितसमेत गरिने गरिन्छन् । सो युद्धको क्रममा जर्मनीमा वेलायती, सोभियत संघ र अमेरिकी लडाकु विमानहरूले व्यापक बमबारी गरेका थिए।

यस्ता हतियार विशेष गरी निर्माणाधिन स्थलहरूमा फेला पर्ने गरेका छन् । यि बमहरूलाई हातहतियार विशेषज्ञहरू मार्फत निष्कृय बनाइने बताइएको छ।
एजेन्सी

Logo