संसारमा पहिलो पटक सेतो गैँडा आइभिएफबाट गर्भवती

संसारमा पहिलो पटक सेतो गैँडा आइभिएफबाट गर्भवती

केन्द्रबिन्दु
0
Shares

केन्या। गैंडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरण भएकाे छ। जुन भ्रुण स्थानतरणले उत्तरी सेतो गैँडालाई बचाउने बाटो खुला भएकाे छ। संसारमा अब दुईवटा उत्तरी सेतो गैंडा मात्र बाँकी छन् तर ती दुवै महिला रहेका छन्।

तर अब, तिनीहरूको प्रजातिले बाँच्नको लागि मौका पाएको छ किनभने अन्वेषकहरूले पहिलो पटक आइभिएफ प्रबिधिवाट गैंडालाई गर्भबती बनाएका छन्।

बायो रेस्कु प्रोजेक्टलेृ भनेको छ,‘गैंडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरण भएको छ, यो ठुलो उपलब्धि हो, उत्तरी सेतो गैंडालाई लोप हुनबाट बचाउने बाटो प्रशस्त खुलेको छ।’

उसले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएको हो। भनेको छ, ‘गैडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरणले उत्तरी सेतो गैंडालाई लोप हुनबाट जोगाउने मार्ग प्रशस्त गरेको छ। वैज्ञानिक र संरक्षणवादीहरूको अन्तर्राष्ट्रिय संघ, भ्रूण स्थानान्तरण पछि गैंडाको विश्वको पहिलो गर्भ प्राप्त गर्न सफल भएको छ।’

उसका अनुसार गत सेप्टेम्बर २४, २०२३ मा केन्याको ओल पेजेटा कन्जर्भेन्सीमा सेतो गैँडाको भ्रूण भिट्रोमा सङ्कलन गरिएको अण्डाकोष र शुक्रकीटबाट उत्पादन गरी दक्षिणी सेतो गैँडा सरोगेट आमामा सारिएको थियो।

उसका अनुसार बायोरेस्क्यु टोलीले ७० दिनको गर्भ रहेको पुष्टि गर्‍यो। ६.४ सेमी लामो पुरुष भ्रूण विकसित भएको छ। सफल भ्रूण स्थानान्तरण र गर्भावस्था अवधारणाको प्रमाण हो र अब सुरक्षित रूपमा उत्तरी सेतो गैँडा भ्रूणको स्थानान्तरणमा जान अनुमति पाएको छ।

समग्रमा सेतो गैंडाको संख्या घट्दै जानुमा मुख्यतया सिकारीको कारण मानिएकाे छ । शिकारीकाे कारणले गर्दा उनीहरुको जनसंख्या घटेको इन्टरनेशनल राइनो फाउन्डेसनले जनाएको छ।

केवल दुई उत्तरी सेतो गैंडा संसारमा बाँकी छन्। र, उनीहरूकाे केन्याको ओल पेजेटा कन्जर्भेन्सीमा ७०० एकरको घेरामा बस्छन्, जहाँ तिनीहरूलाई २४ घण्टा सशस्त्र सुरक्षा दिएर राखिएकाे छ।

सेतो गैंडालाई लोप हुनबाट बचाउने अभियानको आधारशिलाको रुपमा यस अभियानलाइ हेरिएको साे संस्थाले जनाएकाे छ।

थप जानकारीः https://www.facebook.com/biorescueproject/posts/pfbid0QJ1KjwJRdRvgbSvg4XCbYhYNqBS4e9dCojzXMaLJZAi6jLnT1Zbg8W485nW1vE2bl?ref=embed_post

Logo