लोकसेवाले माग्यो ५३७ खरिदार [विज्ञापनसहित]

लोकसेवाले माग्यो ५३७ खरिदार [विज्ञापनसहित]

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। लोकसेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ।

आयोगले आज एक सूचना जारी गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा ५ सय ३७ जना खरिदारका लागि आवेदन आह्वान गरेको हो।

आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

योग्यता पुगेका उम्मेदवारहरूले चैत २० गतेसम्म दरखास्त दिन सकिनेछ। यस्तै, दोब्बर दस्तुर तिरेर चैत २७ सम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

हेर्नुस् विज्ञापन:

Logo