‘जापानिज फुड कल्चर’ लाई नेपालभर विस्तार गरिने

‘जापानिज फुड कल्चर’ लाई नेपालभर विस्तार गरिने

केन्द्रबिन्दु
154
Shares

काठमाडौं: होक्काइडो नेपाल बिजनेस गुप्र (एचएनबिजी) ले ‘जापानिज फुड कल्चर’ लाई नेपालभर विस्तार गर्ने भएको छ ।

एचएनबिजीले आज पत्रकार सम्मेलन गरी जापानी लगानी, प्रविधि र सीपलाई नेपालमा भित्र्याएर आमनेपालीलाई स्वस्थकर र गुणस्तरीय जापानी खाना खुवाउने उद्देश्यले ‘जापानिज फुड कल्चर’ लाई देशभर विस्तार गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै एचएनबिजीका अध्यक्ष अर्जुन अधिकारीले समृद्ध मुलुक निर्माणका लागि विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई स्वदेशमा प्रयोग गर्न होक्काइडो नेपाल बिजनेस ग्रुपले काम गरिरहेको बताए।

“देशको समृद्धिका लागि नागरिकलाई पहिला उत्पादनसँग जोड्नुपर्छ भनेर यो गुप्रले काम गरिरहेको छ”, उनले भने। उनले उत्पादनलाई गुणस्तरीय बनाउनका लागि विदेशी प्रविधि, लगानी र सीप भित्र्याउने उल्लेख गरे। “पहिला उत्पादनलाई केन्द्रित गर्छाैँ, अनि गुणस्तरीय उत्पादनका लागि सफल प्रविधि र सीपसँगै लगानी भित्र्याउँछौँ”, अध्यक्ष अधिकारीले भने। सन् २०१९ देखि नेपाली रेष्टुरेण्ट क्षेत्रमा जापानिज फुड कल्चरलाई प्रवेश गराएको उक्त गुप्रले हाल काठमाडौँका विभिन्न छ स्थानमा जापानिज रेष्टुरेण्ट सञ्चालन गरिरहेको छ ।

जापानमा आर्जन गरेको व्यावसायिक अनुभवलाई उपयोग गर्दै रेष्टुरेण्ट क्षेत्रमा लगानी र रोजगारी सृजनाको सङ्कल्प गरिएको उनले बताए। रेष्टुरेण्टलाई आवश्यक पर्ने कच्चा पदार्थको उत्पादनका लागि उक्त गुप्रले रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्मसमेत सञ्चालनमा ल्याएको गुप्रका कार्यकारी निर्देशक खेम शर्माले बताए। उनले नेपालको पर्यटन प्रवर्द्धनमा जापानिज फुड कल्चरले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

विगत चार वर्षदेखि नेपालको रेष्टुरेण्ट क्षेत्रमा सक्रिय उक्त समूहले एक सय ७० जनालाई रोजगारसमेत प्रदान गरेको छ ।

Logo