‘गृहमन्त्री लामिछानेविरूद्ध टिप्पणी गर्दा प्रहरीले यातना दियो’

‘गृहमन्त्री लामिछानेविरूद्ध टिप्पणी गर्दा प्रहरीले यातना दियो’

प्रहरी भन्छ: अनुसन्धानलाई बाधा पुर्याउने उद्धेश्यले भिडियो आयो

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध फेसबुकमा कमेन्ट गरेपछि जाजरकोट कुशे गाउँपालिकाका गणेशमान सिंहले प्रहरीको साइबर ब्यूरोले आफूलाई यातना दिएको बताएका छन्।

सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै उनले गृहमन्त्री लामिछाने सहकारी ठग भएको कमेन्ट गर्दा अहिले प्रहरीको साइबर ब्यूरोले आफूलाई यातना दिएको बताएका हुन्।

‘मैले गृहमन्त्रीका बारेमा फेसबुक पेजमा सहकारी ठग भनेर दुई/तीन महिनाअगाडि कमेन्ट गरेको थिएँ, अस्ति साइबर ब्युरोले मलाई बोलायो। अनि, अनेक प्रसंग सोध्यो। तँलाई ६–७ वर्ष जेल हाल्छु, गृहमन्त्रीविरुद्ध बोल्ने? तँसँग सहकारी ठगीको के प्रमाण छ? तँलाई जेल हाल्छौँ, सम्माननीय गृहमन्त्रीलाई चिन्छस् भन्यो। साइबर ब्युरोले मलाई हजारौँ प्रश्न सोध्यो र साइबर ब्यूरो ढोकामै औषधि खान बाध्य भएँ,’ उनले भिडियोमा भनेका छन्।

तर, साइबर ब्यूरोले उनले भिडियोमा भएको कुरा भ्रामक भएको दाबी गरेको छ।

साइबर ब्यूरोले सिंहले फेसबुकमा फेक आइडी खोलेर अश्लिल सामग्री प्रकाशन गरेको हुँदा सोधपुछका लागि कार्यालयमा बोलाइएको जनाएको छ। कार्यालयमा सिंह उपस्थितहुँदा उनले २ स्ट्रिप सिटामोल खाएर आएको र तत्कालै उपचारका लागि अस्पताल लगेको साइबर ब्यूरोको दाबी छ।

अस्पतालको कक्षबाट नै प्रहरीको अनुसन्धानलाई बाधा पुर्याउन उनले उद्धेश्य/भ्रम श्रृजना गर्न सिंहले भिडियो सन्देश जारी गरेको साइबर ब्यूरोको दाबी छ।

Logo