देशभर इन्टरनेट सेवामा समस्या, भारतले राेकिदिएकाे हाे ?

देशभर इन्टरनेट सेवामा समस्या, भारतले राेकिदिएकाे हाे ?

केन्द्रबिन्दु
98
Shares

देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकै दिन बिहीबार दिउँसाे करिब ४ बजेदेखि उत्पन्न भएको सेवा हालसम्म समाधान हुन सकेको छैन ।

प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले विदेशबाट आयात गर्दै आएको व्यान्डविथको आपूर्ति रोकिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको बताइएकाे छ । बिहीबार करिब ४ बजेदेखि उत्पन्न भएको सेवा हालसम्म समाधान हुन सकेको छैन । एयरटेल, टाटा, रिलायन्डलगायत कम्पनीलाई नेपालमा प्रमुख इन्टरनेट सेवा प्रदायकले आयात गरेको व्यान्डविथबापतको तीन अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अनुसार एयरटेलबाटै नेपालका प्रमुख सेवा प्रदायकले करिब ८० प्रतिशत व्यान्डविथ आयात गर्दै आएका छन् । तर, करिब ९ महिनादेखि सरकारले विदेशी मुद्रा भुक्तानका लागि सिफारिस रोकेपछि अहिले भने एयरटेलले आपूर्ति नै रोकिदिएको हो ।

Logo