निःसन्तान दम्पत्तीलाई हार्दिक आईभिएफमा १ लाख ९९ हजारमै आईभिएफ सेवा

निःसन्तान दम्पत्तीलाई हार्दिक आईभिएफमा १ लाख ९९ हजारमै आईभिएफ सेवा

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । हार्दिक आईभिएफ एण्ड फर्टिलिटी सेन्टरले १ लाख ९९ हजारमा आईभिएफ सेवा दिने भएको छ।

काठमाडौ सिनामंगलस्थित् क्रिष्टल कम्प्लेक्समा हालै संचालनमा आएको अन्तराष्ट्रियस्तरको आईभिएफ केन्द्रले नयाँ वर्षलाई लक्षितगरि कम आय भएका बिरामीका लागि असार मसान्तसम्म १ लाख ९९ हजार रुपैयाँमा आईभिएफ सेवा दिने घोषणा गरेको बताएको छ।

सोही अवसरमा केन्द्रले आईयुआई ८ हजार ५ सय र ल्याब टेष्ट तथा बिर्यको जाँचमा २० प्रतिशत छुट दिनेसमेत जनाएको छ।

हार्दिक आईभिएफमा निःसन्तान, प्रसुती तथा स्त्री रोगसम्बन्धी कम आयमा अन्तरिष्ट्रयस्तरको उपचार सुविधा उपलब्ध रहेको जानकारी दिएको छ।

हाल यस सेन्टरमा प्रजनन, स्त्रीरोग तथा आईभिएफ विशेषज्ञका रुपमा डा.अर्चना शाक्यसहित, वरिष्ठ इम्ब्रयोलोजिष्ट डा. आष्मा बानुलगायतका मेडिकल टिम कार्यरत छ।

डा. शाक्य विगत १३ वर्षदेखि स्त्री, प्रजनन तथा निःसन्तानसम्बन्धी बिरामीको उपचारमा संलग्न छन भने डा. बानु विगत ६ वर्षदेखि इम्ब्रयोलोजिष्टको रुपमा सेवा दिँदै आएकी छिन्।

अन्तराष्ट्रिय स्तरको भ्रुण बनाउने ल्याब तथा मशिन रहेको यस केन्द्रले पुरुषको विर्य जाँच, भविष्यका लागि भ्रुण सुरक्षित राख्ने, बिर्य फ्रिज गरि सुरक्षित राख्ने, बिवाहित वा अबिवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण गर्न सक्ने व्यवस्थासमेत गरेको सेन्टरले जनाएको छ।

केन्द्रले हालसम्म दर्जनौ दम्पत्तीलाई निःसन्तानसम्बन्धी सफल उपचार एवं परामर्श सेवा उपलब्ध गराएको जानकारी दिएको छ।

Logo