भित्रिन थाल्यो रोकिएको पेट्रोलियम ट्यांकरहरु

भित्रिन थाल्यो रोकिएको पेट्रोलियम ट्यांकरहरु

केन्द्रबिन्दु
0
Shares

भारतले ४ दिनदेखि रोकेर राखेको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करहरु नेपाल भित्रिन थालेका छन्।

पूर्वी नाका काँकरभिट्टाबाट ट्यांकरहरु भित्रिन थालेपछि पूर्वमा पेट्रोलियम पदार्थको सहज हुने अपेक्षा गरिएको छ । चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको अभाव देखिएको थियो ।

अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ सुरु गरिएको जनाउँदै भारतीय भन्सारले पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव हुँदै गएको थियो ।

Logo