१० असोज २०७८ आइतबार

0 Shares

राजपा केन्द्रीय सचिव लामाको मृत्यु

राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ । 

सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका लामाको उपचारका लागि धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा लैजाने क्रममा बाटैमा मृत्यु् भएको हो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका श्रीमती र दुई सन्तान छन् । 

कोशीमा एक युवाको शंकास्पद मृत्यु 

यसैबीच, सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुरमा रहेको कोशी नदीको कटानको पानीमा नुहाउने क्रममा बिहीबार एकजना युवाको शंकास्पद मृत्यु भएको छ । 

मृत्यु हुनेमा कोशी गाउँपालिका–३ पश्चिमकुशाहाका २३ वर्षीय सञ्जीव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरी उपमहानगरपालिकामा रहेको एक ग्यारेजमा कार्य गर्दै आएका यादव बिहीबार चार दिनदेखि काम गर्न नगएको र बिहीबार एकाएक ग्यारेजमै काम गर्ने साथीहरुसँग नुहाउनका लागि गएको बेला उनको मृत्यु भएको हो ।

प्रकाशित: २५ जेठ २०७५ ०९:४८ शुकर्‍बार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी