पर्वतमा बन्यो भूकम्पप्रतिरोधी र अपाङ्गमैत्री पूर्वाधार विकास कार्यालयको सुविधासम्पन्न भवन

पर्वतमा बन्यो भूकम्पप्रतिरोधी र अपाङ्गमैत्री पूर्वाधार विकास कार्यालयको सुविधासम्पन्न भवन

केन्द्रबिन्दु
56
Shares

पर्वत। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्वतमा रहेको पूर्वाधार विकास कार्यालयको भवन निर्माण सम्पन्न भएको छ ।

कार्यालयको २१ कोठको चारतले भवन निर्माण सम्पन्न भएको हो। कार्यालय प्रमुख गुरुदत्त अधिकारीका अनुसार झण्डै रु.साढे तीन करोडको लागतमा निर्माण भएको भवन भूकम्पप्रतिरोधी र अपाङ्गमैत्री छ। विसं २०७८ वैशाख २५ गते भवन निर्माणका लागि अमित बिल्डर्स र कार्यालयबीच रु.तीन करोड ४० लाखमा ठेक्का सम्झौता भएको थियो। हालसम्म रु. तीन करोड छ लाख भुक्तानी भएको अधिकारीले बताए।

हाल खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको भवनमा रहेको कार्यालय आगामी नयाँ आर्थिक वर्षदेखि नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरेको कार्यालय प्रमुख अधिकारीले बताए। साँघुरो कोठा भएका, छरिएका र पुराना भवनमा रहेको कार्यालय एउटै भवनबाट सञ्चालन गर्दा सहज हुने उनले बताए।

पूर्वाधार विकास कार्यालय पर्वतमा स्थापना भएको छ वर्षपछि आफ्नै भवन तयार भएको हो। कार्यालय तयार भए पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा कार्यसम्पादनमा भने समस्या भएको छ। चालु आवमा बजेट विनियोजन भएका एक सय ५२ वटा योजनामध्ये हालसम्म ६६ योजना सम्पन्न भइसकेका छन्।

कार्यालयका अनुसार जिल्लामा यस वर्ष १६ किलोमिटर सडक कालोपत्र भइसकेको छ । चालु आवको चैत मसान्तसम्म कार्यालयको भौतिक प्रगति ४५ प्रतिशत भएको कार्यालय प्रमुख अधिकारीले बताए।

Logo