काठमाडौं । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
शनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका–२ खाला भन्ने स्थानमा धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको सरकारी गाडी आफैं अनियन्त्रित भई करिब ५०० मिटर तल भीरमा खसेको हो । जसमा उपप्रमुख राना सवार थिए ।
उपप्रमुख राना आफैंले जिप चलाइरहेका बेला सवारी साधन सडकबाट तल खसेर दुर्घटनामा पर्दा उनको निधन भएको हो ।





























प्रतिक्रिया